इम्बोस्ड नम्बर प्लेटविरुद्ध युवासंघको प्रदर्शनमाथि वर्षियो प्रहरीको लाठी (फोटो फिचर)

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७९

काठमाडौं । सरकारले सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठाला हो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइँदैन, इम्बोस्ड नम्बर चाहिँदैन’  लगायतका नाराजुलुस गर्दै यातायात व्‍यवस्था कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

यसैबीच युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलअगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी वर्षा गरेको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठी वर्षाएको हो ।


Published :२४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media