इम्बोस्ड नम्बरविरुद्ध युवा संघको मसाल जुलुस प्रदर्शन (फोटो फिचर)

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।

सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको हो ।

यसअघि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी वर्षाएको थियो।

उनीहरुले मंगलबार कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठाला हो, इम्बोस्ड नम्बर घोटाला हो’ लगायतका नाराजुलुस प्रदर्शन गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडि धर्ना दिएका थिए ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

 


Published :२४ जेष्ठ २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media