काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै अघि बढ्नुपर्ने माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उहाँले प्रधानमन्त्रीले पहलकदमी लिन माग गरे ।
सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई अनुरोध गरे । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोरलाई व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिएका दिएका छ्न् ।
त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए ।
यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।