वि लभ यु फाउन्डेसनको अगुवाइमा विश्व वातावरण दिवसमा बृहत् सफाइ अभियान (फोटो फिचर)

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०७९

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलबाट वि लभ यु फाउन्डेसनको आयोजना तथा अगुवाइमा विश्व वातावरण दिवसको अवसरमा आज बृहत् विश्वव्यापी सरसफाइ अभियानको प्रारम्भ गरिएको छ ।

फाउन्डेसनले विश्वव्यापी सरसफाइ अभियानअन्तर्गत बागमती नदी सरसफाइ गरेको छ ।  सुन्दरीजलस्थित ओख्रेनी माविमा औपचारिक कार्यक्रमपछि आयोजना गरिएको सो सरसफाइ कार्यक्रममा वि लभ यु फाउन्डेसनका करिब एक हजार स्वयंसेवकसहित नेपाली सेना, नेपाल प्रहरीलगायतले  ओख्रेनी माध्यमिक विध्यालय सुन्दरीजलस्थित बागमती नदीकिनारदेखि गोकर्णसम्मको नदी किनारमा प्रभातफेरीसहित सचेतना जगाउँदै फालिएका प्लास्टिकजन्य फोहोरहरू समेत सङ्कलन गरी सरसफाइ गरिएको हो ।

वि लभ यु फाउन्डेसनका अध्यक्ष शोभाकर शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रामेश्वर फुँयाल,गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडाध्यक्ष द्वारिका श्रेष्ठसहितका जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वातावरण संरक्षण तथा सरसफाइ कार्यमा आआफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैलाई आह्वानसमेत गरेका थिए । घरबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने छुटयाई व्यवस्थापन गर्न सकेमा आफ्नो वरिपरिको वातावरण सफा र स्वच्छ  हुने र  फोहोर व्यवस्थापनमा सहजीकरण हुने  बताउँदै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरे । उनीहरुले सधैँभरि वातावरणलाई स्वच्छ र सफा राख्नका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

 


Published :२५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media