प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ?

राष्ट्रपाटी न्युज

२६ जेष्ठ २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले काठमाडौँको फोहोर नउठेकोमा असन्तुष्टि जनाउँदै सरकारमाथि प्रश्न उठाएका छन् । उनले काठमाडौँमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदासमेत सरकार मौन बसेको आरोप लगाए  ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौँमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए ।

‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ ।

काठमाडौँमा थुप्रिएको फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलले आरोप लगाए ।


Published :२६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media