नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजना प्रहरीको फन्दामा

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७९

काठमाडौँ । सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ की २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार दुवै  जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए । (रासस)

 


Published :२८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media