अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्तिसँग टाँसिनुपर्ने माओवादीको बाध्यताः शंकर पोखरेल

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको अर्कोसँग नटाँसिए अस्तित्व नै नरहने टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले स्थानीय तह निर्वाचनबाट नेकपा माओवादीको जनमत झन् घटेकाले उसलाई अब अस्तित्व जोगाउनै मुस्किल हुने टिप्पणी गरे ।

शनिबार ललितपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहने दाबी गरे ।

स्थानीय चुनावबाट नेकपा माओवादी केन्द्रलाई अत्यन्त ठूलो क्षति भएको भन्दै उनले माओवादीको सिट बढे पनि तर जनमत उल्लेख्य रुपमा घटेको बताए । उनले भने, ‘०७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’

माओवादी अब बामपन्थी शक्तिको रुपमा नरहेको र आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यतामा पुगेको महासचिव पोखरेलले बताए ।

उनले अहिले नेकपा एमालेको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी नभई नेपाली कांग्रेस नै भएको जिकिर गरे । सत्तारुढ गठबन्धनमा रहेका दललाई नेपाली कांग्रेसले उपयोग गरिरहेको बताए ।


Published :२८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media