विभिन्न शक्तिहरुले देशमा सुँड घुसार्न सक्ने एमाले अध्यक्ष ओलीको भनाइ

राष्ट्रपाटी न्युज

२८ जेष्ठ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न शक्तिहरुले देशमा सुँड घुसार्न सक्ने बताएका छन् । उनले राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती रहेको समेत बताए ।

‘विभिन्न बहानामा विभिन्न शक्तिहरुले सुँड घुसार्न सक्छन्, विभिन्न शक्तिहरुले हात घुसार्न सक्छन्,’ओलीले राजधानीमा एमालेलाई स्थानीय चुनावमा सहयोग गर्ने कलाकारहरुको सम्मान गर्दै भने, ‘आजको दुनियाँमा स्वाभिमानपूर्वक र स्वाधीनतापूर्वक अगाडि बढ्न व्यवधान र चुनौतीहरु छन् ।’

स‌सारमा कुनै पनि देश सजिलोसँग अगाडि नबढेको बतए । आजको दुनियाँमा स्वाभिमानपूर्वक र स्वाधिनतापूर्वक अगाडि बढ्न व्यवधान र चुनौतीहरु रहेको बताए । उनले देशलाई माया गर्नुपर्नेमा जोड दिए ।

ओलीले नेपालले सबैसँग मित्रता चाहेको बताउँदै भने, ‘तर डराएर, धम्काएर, फकाएर, फुलाएर, लोभ्याएर छक्याएर कुनै पनि हिसाबले हाम्रो राष्ट्रियतामाथि तलमाथि भएको सुन्न, देख्न, हेर्न, सहन तयार छैनौं ।’

देश बीचमा केही पछाडि परेको र अब पछाडि पर्न नहुने टिप्पणी गरे । उनले एमालेबाहेक अरुले देशको हितको पक्षमा बोल्न नसक्ने तर्क गरे । ‘एमाले जस्तो देशका लागि लड्ने र मरिमेट्ने अर्को पार्टी छैन,’ ओलीले दाबी गरे ।


Published :२८ जेष्ठ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media