प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका बिषयमा बिभिन्न चर्चा हुन थालेको भन्दै यस बिषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताएका छन् ।
ज्ञवालीले शेरबहादुर देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो, त्यो स्पष्ट हुनुपर्ने जिकिर गरेका छन् । दुई दिन अघि सदनमा सत्ता घटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाई राख्नु सामान्य नभएको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको धारणा राखेका छन् ।
नेता ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापन परराष्ट्र सम्बन्धसँग नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको भन्दै आपत्ति जनाएका छन् ।
उनले कुनैपनि बहानामा नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन नहुनेमा जोड दिएका छन् ।


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media