२४ लाख खोप हराएकोबारे संसदलाई यथार्थ जानकारी दिन एमालेको माग

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोभिडविरुद्धको २४ लाख डोज खोपमा सरकारले कमिशन लिएको आशंका गरेको छ । एमाले सांसद खगराज अधिकारीले २४ लाख खोपमा कमिशन लिएका कारण हराएको आशंका व्यक्त गरे ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोपबारे संसदलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् । उनले कोभिडविरुद्धको खोप कहाँ कसरी हराएको हो सोबारे जवाफ दिन सरकारसँग माग गरे ।

आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै अबिलम्ब यथार्थ जानकारी दिन माग गरे ।


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media