कपन संगीत सरोवरको १६औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौँ । कपन संगीत सरोवरको १६औं वार्षिकोत्सव तथा छैठौं साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा सो संस्थाले मरणोपरान्त दुई स्रष्टालाई सम्मान गरेको छ ।

वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्काेटाकाे प्रमुख आतिथ्यतामा आयोजना भएकाे उक्त वार्षिकाेत्सव कार्यक्रममा काेभिडका कारण दिवंगत भएका सङ्गीत सराेवरका संस्थापक विनय वर्मा तथा सदस्य बुद्धिसागर नगरकाेटीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

संस्थाले संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाको सम्मानमा हरेक वर्ष प्रदान गर्ने सङ्गीत सराेवर सम्मान यसपटक दिवंगत विनय वर्मा तथा बुद्धिसागर नगरकाेटीलाई प्रदान गरेको गरेकाे हो ।

सो कार्यक्रममा स्व. वर्माकी धर्मपत्नी विमला वर्मा तथा स्व. नगरकाेटीकी धर्मपत्नी मञ्जु श्रेष्ठलाई नगद, सम्मानपत्र तथा दाेसल्ला ओढाई सम्मान गरिएकाे थियाे । सो कार्यक्रममा वरिष्ठ सङ्गीतकर्मी मुरलीधरले साङ्गीतिक प्रस्तुति दिई कार्यक्रमको शोभा बढाएका थिए ।


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media