काठमाडौँ । एसिया-युरोप पोलिटिकल फोरम ( Asia-Europe Political Forum) को अध्यक्षमा नेकपा एमालेका विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निर्वाचित भएका छन् । उनी आगामी दुई वर्षका लागि निर्वाचित भएका हुन् ।
शनिबार चेक रिपब्लिकको राजधानी प्रागमा सम्पन्न बैठकले एमाले नेता भट्टराईलाई अध्यक्ष चयन गर्दै आगामी वर्षको एसिया युरोप पोलिटिकल फोरमको वार्षिक कार्यक्रम नेपालमा गर्ने निर्णय गरेको सो फोरमका नवनिर्वाचित अध्यक्ष डा. भटटराईले जानकारी दिए ।
अर्को वर्षको अक्टोबरमा हुने सो कार्यक्रमको अवसर पारेर इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसीएपीपी) को स्थायी कमिटी बैठकसमेत आयोजना हुने जनाइएको छ ।