जनताको संरक्षण गर्न नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नभएको सांसद चौधरीको टिप्पणी

राष्ट्रपाटी न्युज

२९ जेष्ठ २०७९

काठमाडौँ । सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नसकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छिन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत नदिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् ।

राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन् ।

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कुर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छैन,’ उनले भनिन् ।

थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएकोप्रति रोष प्रकट गरिन् ।


Published :२९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media