सुनको मूल्य १८०० घट्यो

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०७९

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।


Published :जेष्ठ ३१, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media