प्रतिनिधिसभा बैठकमा आज मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिँदै

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएको प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् ।

सांसद प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिनको माग गर्दै संसद्मा अवरोध गरेको थियो ।


Published :१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media