प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौ कम्युनिष्ट घटकको माग

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध गर्न माग गरिएको छ । प्रधानमन्त्री देउवाको भ्रमण रद्ध गर्न नौवटा कम्युनिस्ट घटकले माग गरेका हुन् ।

भ्रमण रद्ध गर्न माग गर्नेहरुमा नेकपा-क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवाबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्ध गर्न माग गरेका हुन् ।

राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ । विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको उल्लेख छ ।

गठबन्धनका अन्य दलहरू पनि अमेरिकी हस्तक्षेपको विरोध गर्नुको सट्टा चाकडी गर्नमा व्यस्त रहेको आरोप लगाइएको छ। अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई हिन्द-प्रशान्त सैन्य रणनीतिको एक अङ्‍ग भन्दै उनीहरुले विरोध गरिरहेका छन् ।


Published :१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media