गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

आज धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रधामन्त्री देउवाले मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा सञ्चालन गर्न विधेयक ल्याउने तयारीमा सरकार रहेको बताए । उनले आफ्नो स्कुले जीवन स्मरण गर्दै सुदूरपश्चिममा विकासले फड्को मार्दै गएको दाबी गरे

प्रधानमन्त्री देउवाले भने- ‘म डोटीको उचाकोट माध्यमिक विद्यालयबाट एसएलसी दिएर हिँडेर तीन दिनमा धनगढी पुगेको थिएँ । यहाँबाट भारतको मैलानी, लखनउ हुँदै रक्सौलको बाटो भएर काठमाडौं गएको पुगेको थिए । अहिले हेर्नुस कति सुविधा भएको छ’ देउवाले भने, डे टु डे धनगढी-काठमाडौं प्लेन चलेका छन् । छिट्टै पुगिन्छ खासै समस्या छैन ।’

तत्कालीन समयमा कर्णाली नदीमा पुल नभएकाले हिँडेर जानुपर्ने अवस्थाको स्मरण गर्दै उनले पुल बनेपछि  सुदूरपश्चिम राष्ट्रिय मूलधारमा जोडिएको बताउँदै यहाँको  विकासका लागि आफ्नो प्रयत्न जारी रहने जनाए ।

उनले स्थानीय र प्रदेश सरकारले जनताहरुलाई छिटो छरितो सेवा दिनुपर्नेमा समेत जोड दिएका छन् । ‘प्रदेशमा कर्मचारी आउनै मान्दैनन्, उनीहरू आउने माहोल बनाउनुस्,’ देउवाले भने ।


Published :४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media