युवराज राई माउन्टेन क्लाइबिङ एकेडेमीले ग-यो सिद्धेश्वर मन्दिर क्षेत्रको सफाइ

काठमाडौँ । युवराज राई माउन्टेन क्लाइबिङ एकेडेमीले बुढानीलकण्ठ नगरपालिका- १० को सिद्धेश्वर मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

पर्वतारोहण तथा समाजसेवामा लामो समयदेखि सक्रिय रहेका युवराज राईको नाममा स्थापित सो एकेडेमीले सचेतनासहित सो क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो ।

सो सरसफाइ अभियान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, नगर कार्यपालिका सदस्य रिता दाहाल, पूर्व वडासदस्य भुवप्रसाद रेग्मी, सिद्धेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्धवप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । सो सरसफाइ कार्यक्रमको शुभारम्भमा आफ्नो मन्तव्य राख्दै  एकेडेमीका अध्यक्ष जगतप्रसाद निरौलाले कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए।

सो सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले वडाको सुकिलो अभियानमा सो सरसफाइ कार्यक्रमले सहयोग पु-याउने व्यक्त गरे । उनले आगामी दिनमा वडाभित्रको फोहोरमैला व्यवस्थापनमा विशेष योजना ल्याउने जानकारी दिए । पर्वतारोही युवराज राईले संस्थाको उद्देश्य र आगामी दिनमा गरिने कामहरुका बारेमा प्रकाश पारेका थिए ।


Published :५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media