फेरि एकपटक प्रधानमन्त्री बन्ने अवसर पाए तमाम विकृतिहरु हटाउँथेँ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक प्रधानमन्त्री बन्ने चाहना राखेका छन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो चाहना व्यक्त गरेका हुन् ।

उनले विगमा देशमा परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै फेरि नेतृत्व गर्न पाए तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।

उनले भने ‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देखापरेका तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ।’

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको बताए । उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बित्यो ।’


Published :१० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media