पेट्रोलियम मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै युवासंघद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटो फिचर)

कास्की । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै पोखरामा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।  युवा संघका कार्यकर्ताले पोखरा, पृथ्वीचोकमा शुक्रबार साँझ मसाल जुलुस, नाराबाजी गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका थिए ।

सो विरोध प्रदर्शनमा उनीहरुले शंख फुक्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका थिए । उनीहरुले चर्को मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोनमा उत्रिने बताएका थिए ।


Published :१० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media