पेट्रोलियम पदार्थको मूल्य घट‍्यो, अब पेट्रोल र डिजेलमा क्रमशः २० र २९ रुपैयाँ कम पर्ने

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ कटौती गरेको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media