एसका ६ सांसदद्वारा हस्ताक्षर फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० जना सांसदमध्ये ६ जनाले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष माधव नेपाललाई बुझाएको हस्ताक्षर फिर्ता लिएका छन् ।

पार्टी स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा ४ जना मन्त्रीसहित १० जना सांसदले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसदहरुले अध्यक्ष नेपाललाई पत्र लेख्दै हस्ताक्षर फिर्ता लिएको जानकारी गराएका हुन् ।

हस्ताक्षर फिर्ता लिनेहरुमा पर्यटनमन्त्री आले, धनबहादुर बुढा, गोपाल बम, कृष्णलाल महर्जन, बिनादेवी बुढाथोकी र पुष्पाकुमारी कर्ण कायस्थ रहेका छन् ।

अब संसदीय दलको बैठक माग गर्दै निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुको मात्रै हस्ताक्षर बाँकी रहेको छ ।


Published :११ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media