ग्लोबल चिम्से सोलद्वारा कपन प्रहरी, विपन्न तथा फरक क्षमता भएकालाई सहयोग

काठमाडौँ । सामाजिक संस्था ग्लोबल चिम्से सोलले कपन प्रहरी प्रभाग, विपन्न तथा फरक क्षमता भएकालाई सहयोग गरेको छ ।

सो संस्थाले बुढानीलकण्ठ नगरपालिका-१२ स्थित बोधी सदन माविमा आयोजित कार्यक्रममा खाद्यान्न, ह्विलचेयर र कपन प्रहरीलाई रेनकोट सहयोग गरेको हो ।

१६ विपन्न परिवारलाई खाद्यान्न तथा ५ जना फरक क्षमता भएकाहरुलाई ह्विलचेयर प्रदान गरिएको सो कार्यक्रममा नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख, राप्रपा धर्म संगठन विभाग प्रमुख एवं राप्रपा केन्द्रीय सदस्य योगी पुष्पराज पुरुष, राप्रपाका युवानेता एवं नेपाल सनातन धर्म संस्कृति संगठनका उपाध्यक्ष कमलराज श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका-१२ का सदस्य डिल्लीप्रसाद खतिवडा, राप्रपाका नेता मोहन चालिसे तथा नेपाल एयरलाइन्सका पूर्व अधिकृत अभिमन्यू शर्मा हुमागाईंलगायतको उपस्थिति रहेको थियो ।

सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहेको सो संस्थाले कपन प्रहरी प्रभागलाई २० थान रेनकोट प्रदान गरेको संस्थाका अध्यक्ष पारस राईले जानकारी दिए ।

 


Published :१२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media