बिदाई कार्यक्रममा आँशु खसालेरै रोइन् रामकुमारी झाँक्री

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रोएकी छन् ।

आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आँशु झारेकी हुन् । उनले आँशु झरेपछि पटक-पटक टिस्यु पेपेरले आँशु पुछेकी थिइन् ।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको थियो ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने रोएकी थिइन् ।


Published :१२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media