एमालेद्वारा राष्ट्रियसभा बैठक बहिष्कार

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको बैठक बहिष्कार गरेको छ । राष्ट्रियसभामा एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

राष्ट्रियसभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने अडान राखेका । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो अडान राखेका हुन् ।

उनले भने, ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’


Published :१३ असार २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media