सर्वोच्चले आइजीपी नियुक्ति विवादको सुनुवाइ असार १९ मा गर्ने

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा सर्वोच्चमा भइरहेको सुनुवाइ १९ असारमा हुने भएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ १९ असारमा तोकेको हो  ।

सरकारले आफूभन्दा कनिष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै अर्का एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दिएका थिए ।

२० साउनसम्ममा पोखरेलको पक्षमा आदेश नआए उनले अवकाश पाउनेछन् । सिंह आईजीपीमा बढुवा भएसँगै पोखरेल एक महिना विदा लिएर बसेका थिए । एक महिना विदा सकिएपछि उनले पुनः १० दिन विदा माग्दै निवेदन दिएका थिए । तर आईजीपी सिंहले उनले मागेको विदा अस्वीकृत गरिदिएका छन् ।


Published :१३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media