आज नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम

काठमाडौं । वामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका उनले नयाँ राजनीतिक पार्टी खोल्न लागेका हुन् ।
गौतमले आज दिउँसो पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेको बताइएको छ । नेकपा विभाजन भएपछि कतै पनि नलागी पार्टी एकता अभियानमा लागेका गौतमले एकीकरण गर्न नसक्ने अवस्था आएपछि छुट्टै पार्टी खोल्न लागेको बताइएको छ ।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) राख्ने स्रोतले बताएको छ । पार्टीमा संयोजक वामदेव गौतम, सचिव डीबी कार्की र प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे रहने जनाइएको छ ।
पार्टीमा ६९ जना केन्द्रीय सदस्य रहने र ९ सदस्यीय सचिवालय हुने बताइएको छ । त्यस्तै सल्लाहकार समिति र राष्ट्रिय परिषदसमेत गठन गरिने बताइएको छ । गौतमको संयोजकत्वमा आइतबार चन्द्रागिरि रिसोर्टमा बैठक बसेको थियो ।


Published :१४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media