सभामुखको रुलिङपछि प्रधानमन्त्री बालेनले भदौ १० गते सांसदहरूको प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा प्रधानमन्त्री शाहलाई रुलिङ गरेसँगै सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो।

संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय भएको अन्नपूर्ण पोस्ट्लाई बताए।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ। सभामुख अर्यालले पनि प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूको प्रश्नको जवाफ दिने रुलिङ गरेका थिए।


Published :भदौ १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media