चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुकले गम्भीर संकटको सामना गरिरहेको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताए । मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ती बलिरहेको स्थिति छ ।’ मुलुकको अर्थतन्त्र कुल बेला ‘कोल्याप्स’ हुन्छ भन्ने गम्भीर आशंकाले अर्थशास्त्री, व्यवसायी तथा आम जनता चिन्तित भएको समेत ज्ञवालीको धारणा छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेको बताए ।