वामदेव गौतमद्वारा नयाँ पार्टी घोषणा, उनको पार्टीको नाम ‘नेकपा राष्ट्रिय एकता पार्टी’

काठमाडौं । वामदेव गौतम नेतृत्वले नयाँ पार्टी घोषणा गरेका छन् । उनले नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका हुन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो । साविक नेकपामा द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्य, १५ सदस्यबाट नबढ्ने गरी स्थायी कमिटी रहने बताइएको छ । सो पार्टी बहुपदीय प्रणाली अनुसार अगाडि बढ्न जनाइएको छ ।

केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको ईञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने गरी व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


Published :१४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media