मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताए ।

उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको जानकारी दिए । सो कार्यक्रममा मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए ।

मन्त्री चौधरीले राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्नेमा जोड दिए ।


Published :१४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media