काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का वडाध्यक्ष टिकानारायण श्रेष्ठ (टिकेश) ले चुनिखेल–गाम्चास्थित गणेश मन्दिर निर्माण कार्यको शिलान्यास गरेका छन् ।
सो मन्दिर निर्माणका लागि बुढानीलकण्ठ नगरपालिकाले बीस लाख र प्रदेस सरकारले सहयोग गरेको बताइएको छ । सो मन्दिर निर्माणमा वडाध्यक्ष श्रेष्ठले २ लाख रुपैयाँ व्यक्तिगतरुपमा सहयोग गरेका छन् ।
मन्दिर शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले स्थानीयको चन्दा, नगर प्रदेश र वडाबाट बजेट रकम विनियोजन गरी निर्माण सम्पन्न गरिने बताउँदै मन्दिर निर्माणका लागि पाँच लाख चन्दा दिने घोषणा गरे ।