कृषियोग्य जमिनको सदुपयोग गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड

राष्ट्रपाटी न्युज

असार १५, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार भक्तपुरमा आयोजना गरेको रोपाइँ कार्यक्रममा ओलीले कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुखद बिषय भएको भन्दै कृषियोग्य जमिनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन ।

जमिनको प्लटिङका कारण नै कृषियोग्य जमिन मासिदै गएको बताउँदै अध्यक्ष ओलीले धानका लागि जमिन हावापानी सवै अनुकुल रहेकाले उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरेका छन् ।
कार्यक्रममा ओलीले मेशिनका माध्यमबाट रोपाई पनि गरेका छन् ।


Published :असार १५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media