तीन सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य तीन सय रुपैयाँले घटेको छ । केही दिनदेखी लगातार बढिरहेको सुनको मुल्य बिहिबार तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ । बिहीबार चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ ।


Published :१६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media