देउवामाथि दबाब बढाउन शेखर समूहको अनुपम फुडल्याण्डमा भेला

काठमाडौं । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउन डा. शेखर कोइराला पक्षीय नेताहरुको भेला सुरु भएको छ । पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दामा छलफल गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरु गरिएको हो ।

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले सभापति देउवामाथि आरोप लगाएको छ । आजको भेलामा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गरेको कोइराला पक्षका नेताहरुले बताएका छन् ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ ।


Published :१६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media