जसपाबाट अलग हुने स्थितिमा बाबुराम भट्टराई

वीरगञ्ज  । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेका छन् ।

पछिल्लो समय संघीय परिषद् अध्यक्षसमेत रहेका डाक्टर बाबुराम भट्टराई पक्ष जसपाभित्र असन्तुष्ट छ । भट्टराई पार्टीबाट अलग हुने मनस्थितिमा पुगेका छन् भने अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई स्वीकार गर्न नसक्ने भए अलग हुन सन्देश दिइसकेका छन् ।

यसैबीच जसपाको केन्द्रीय कार्य समितिको बैठक असार २७ र २८ गते वीरगञ्जमा बस्ने भएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media