पवन कार्कीको नेतृत्वमा समानान्तर समिति घोषणासँगै अखिल क्रान्तिकारी विभाजित

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विभाजन भएको छ । लामो विवादमा फसेको सो संगठन अन्ततः विभाजित भएको हो ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

‘अध्यक्षज्यूको समूहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नुभएन,’ असन्तुष्ट समूहका उपदेश यादवले भने, ‘संगठनलाई बिधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’

उनका अनुसार सो आयोजक समितिले संगठनलाई बिधान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ । यादवका अनुसार  वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरिका बिद्यार्थी नेताहरुको समर्थन रहेको छ ।


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media