जी.पी. कोइराला विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्न सरकार प्रतिबद्ध रहेको बताए ।

आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोईराला आदर्श र मूल्यमान्यताको प्रतिक भएकोले उहाँको नाममा जी.पी. कोइराला विश्वविद्यालयको स्थापना आवश्यक रहेको बताए ।

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्वविद्यालय स्थापना हुनुपर्ने बताए । उनले जी.पी. कोइराला विश्वविद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरे । उनले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्वविद्यालयको रुपमा पहिलो विश्वविद्यालय स्थापना गरेको र बहु विश्वविद्यालयको नीतिअन्तर्गत खोलेका विश्वविद्यालयले आफ्नो प्रतिष्पर्धा परिणाममा देखाइरहेको बताए ।

उनले भने ‘अब एउटा जीपी कोइराला विश्वविद्यालयको स्थापना आवश्यक छ । जीपी कोइराला एउटा आदर्श, मूल्य, मान्यताको प्रतिक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्वविद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रुपमा म आफू पनि सहयोग गर्छु ।’

 


Published :१८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media