वासिङ्टन डिसीमा ट्रक दुर्घटना, दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

असार १९, २०७९

वासिङ्टन । उत्तरपूर्वी वासिङ्टन डिसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।

चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिई सो दुर्घटना भएको हो । घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनाबारे अनुसन्धान जारी छ । (रासस/सिन्ह्वा)


Published :असार १९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media