नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्ब ८ करोड

राष्ट्रपाटी न्युज

साउन ११, २०८३

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा अडिएको छ।

यसदिन ३६० वटा स्क्रिप्सको १ करोड ३९ लाख २५ हजार  ३३७ कित्ता सेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३६ वटा स्टक्सको मूल्य बढ्दा २३४ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

यसदिन एभरेष्ट कलर लिमिटेडको सेयर १४.९९ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १३.३८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा रियालन्स स्पिनिङ्स मिल्स शीर्ष स्थानमा रह्यो। रियालन्स स्पिनिङ्स मिल्सले ३३ करोड बढीको सेयर कारोबार गर्यो।

ग्लोबल आईएमई बैंकले २८ करोडको सेयर कारोबार गर्दा रिडी पावरले २२ करोड,कुमारी बैंकले १७ करोड र सेन्ट्रल फाइनान्सले १५ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

बैंकिङ र म्युअुल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिएका छन्।


Published :साउन ११, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media