माओवादी बैठकमा चुनावको अन्तरघातबारे छानबिन गर्न माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी बैठकमा स्थानीय तह निर्वाचनमा धाँदली भएको भन्दै छानविन गर्न पनि माग गरेका छन् ।

मधेश प्रदेशका इन्चार्ज मधेश प्रदेशका इन्चार्ज गणेश साहले छानविनका लागि उच्चस्तरीय समिति बनाउन र अन्तरघात गर्नेहरुलाई कारबाही गर्न माग गरे । उनले भने, ‘चुनावमा धाँदली भएको विषयमा छानबिन गरियोस् । त्यसका लागि उच्चस्तरीय छानबिन होस् र सिफारिस अनुसार कारबाही पनि होस् ।’

सिन्धुपाल्चोक घर भएका बागमती प्रदेश अध्यक्ष पौडेलले पनि चुनावमा व्यापक अन्तरघात भएको बताए । उनले भने, ‘गठबन्धनामा हामीले इमान्दारीतापूर्वक मत हाल्यौं तर अरुमा त्यो इमानदारीता रहेन ।’ उनले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा भद्रगोल भएको भन्दै त्यसलाई समाधान गर्ने नैतिक अधिकार नेताहरुले गुमाइसकेको टिप्पणी गरे ।’


Published :१९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media