राष्ट्रपति भण्डारीले गराउनुभयो नवनियुक्त ३ मन्त्रीलाई सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नियुक्त भएका ३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराउनुभएको हो ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृषि तथा पशुपंक्षी र यादवले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रीहरुले शपथ समारोहपछि सोमबार नै सिंहदरबारमा आआफ्ना मन्त्रालयमा गई पदभार ग्रहण गरेका छन् ।

जनता समाजवादी पार्टीले मन्त्रीहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर तीनजना नेतालाई मन्त्रिपरिषदमा पठाएको थियो । जसपाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेक अरु मन्त्रीलाई फिर्ता बोलाएको छ ।


Published :२० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media