रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछापको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उनले भने, ‘उद्धारकार्य जारी छ, अहिलेसम्म ६ जनाभन्दा बढीको मृत्यु भएको सूचना आएको छ ।’

उनले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको उनले बताए ।

घटनास्थलमा रहेकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानकारी दिइन् ।


Published :२१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media