गणेश नेपाली आत्मदाह प्रकरणः सरकार र परिवारबीच ९ बुँदे सहमति

राष्ट्रपाटी न्युज

असार २८, २०८३

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवार र नेपाल सरकारबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको वार्तापछि दुवै पक्षबीच घटनाको छानबिन, राहत तथा अन्य विषय समेटिएको नौ बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। सहमतिपत्रमा उक्त समितिले गठन भएको मितिले सात दिनभित्र आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्ने सहमति भएको छ।

सरकार र परिवारबीच भएको सहमतिसँगै गणेश नेपालीको मृत्यु प्रकरणमा उठेका विषयको छानबिन तथा समाधान प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।


Published :असार २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media