उकालो लाग्यो कोरोनाको संक्रमणदर, एकै दिन ९० जना थपिए कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसन र २ जना आईसीयूमा छन् । एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको  छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

 


Published :२१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media