विप्लवको टिप्पणी- गगन थापालाई मुग्लिन कटाउनुपर्छ

काठमाडौं । अमेरिकी सेना नेपाल नेपाल आए आफूलाई चारपाटा मोडेर मुग्लिन कटाए हुन्छ भनी अभिव्यक्ति दिने नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने टिप्पणी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन् ।

बुधबार राजधानीमा आयोजित पार्टी ध्रुवीकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिकसँग त लड्नेहरु मात्रै टिक्छन् ।’

अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो भन्दै उनले अघि भने, ‘गगन थापालाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपर्थ्यो ।’ उनले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको आरोप लगाए । उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यिनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’

विप्लवले आफ्नो पार्टी छाडेर जानेहरुलाई क्रान्तिबाट भयभित भएको र सत्ताको प्रलोभनमा परेको आरोप लगाए । ‘क्रान्तिबाट भयभित मान्छेहरु हिजो पनि थिए र आज पनि छन्,’ विप्लवले भने, ‘आज पनि एकीकृत जनक्रान्तिबाट भयभितहरु धेरै छन् ।


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media