कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा सभामुखद्वारा प्रमुख सचेतकहरुसँग परामर्श

राष्ट्रपाटी न्युज

असार १८, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा परामर्श थालेका छन्। सभामुख घिमिरेले संसदमा रहेका शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेपछि घिमिरेले मोडालिटी र टीओआरबारे छलफल गरेका हुन्। छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि प्रमुख दलका शीर्ष नेताहरूसँग समेत परामर्श गरेर अगाडि बढ्न सभामुख घिमिरेलाई उनीहरूले सुझाव दिएका थिए।

संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखीकरणका लागि तोकेको सभामुखलाई जानकारी गराएका थिए।


Published :असार १८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media