बाजुराको बुढीगंगा मतदानमा विवाद, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ ।

मतदानमा देखिएको विवाद नियन्त्रण गर्न प्रहरीले गोली नै चलाउनुपरेको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाइ छ ।

आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो ।

 


Published :२३ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media