घाँटीमा मासु अड्किँदा डोटीमा एकजनाको मृत्यु

राष्ट्रपाटी न्युज

चैत्र १३, २०८२

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–७, दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नवराज ढुंगेलका अनुसार, बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी बेहोस भएका थिए । घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


Published :चैत्र १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media