ओली र लेखक पक्राउविरुद्ध पोखरामा पनि विरोध प्रदर्शन

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् ।

पार्टी निकट नेता–कार्यकर्ताले उक्त कदमको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका  छन् । प्रदर्शनका क्रममा ओलीको रिहाईको माग गरेका छन् । यसैक्रममा पोखरामा पनि एमाले समर्थकहरू सडकमा उत्रिएका छन्। उनीहरूले विरोध प्रदर्शन गर्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् ।

पक्राउ घटनापछि देशका विभिन्न शहरमा प्रदर्शन तीव्र बन्दै गएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।


Published :चैत्र १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media